२२ भदौ २०८३, सोमबार | September 8, 2026

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत



पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृतक तीन जनामध्ये दुई जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक जना महिलाको शव भने पहिचान हुन नसकेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी–४ लामेदमारका नौ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका पाँच वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी ४१ वर्षीय सुन्दर सुनार, निजको छोरा १० वर्षीय लविस सुनार, छोरी पाँच वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन् । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । चिउरीवासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ व्याक भएर दुर्घटना भएको जनाइएको छ । जिप सडकबाट एक हजार २०० मिटर तर खसेको थियो । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : २३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार