१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै



बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको १२ औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगितासहित विभिन्न रचनात्मक कार्यक्रममार्फत स्थापना दिवस मनाउन लागिएको विद्यालयले जनाएको छ ।

मंगलबार विद्यालयको सी-ब्लकमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य बाबुराम बन्जाडेले पुस १० गते जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता र पुस ११ गते पुरस्कार वितरण तथा विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई ७ हजार ५०० रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने र सहभागी टोलीमा कम्तीमा एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान रहेको प्राचार्य बन्जाडेले बताए । हालसम्म ४० वटा विद्यालयले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् ।

गत वर्षको प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने न्यू होराइजनले यसअघि लगातार दुई पटक तीन-तीन वर्षसम्म रनिङ शिल्ड जितेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बस्यालले सामाजिक सेवाको उद्देश्यसहित विद्यालय स्थापना गरिएको उल्लेख गर्दै विद्यालयले आईएसओ मान्यता समेत प्राप्त गरिसकेको जानकारी दिए ।

विद्यालयका संस्थापक शिव गुरुङले भारतमा अध्ययन गरी प्राप्त अनुभव र ज्ञानलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले स्कलर्स होम स्थापना गरेको बताए । उनले परीक्षा प्रणालीमा पारदर्शिता ल्याउँदै प्रश्नपत्र अभिभावकलाई देखाउने, विद्यार्थीलाई मार्शल आर्ट सिकाउने तथा औपचारिक कार्यक्रमको जिम्मेवारी विद्यार्थीलाई नै दिने अभ्यासको सुरुवात विद्यालयले गरेको जानकारी दिए ।

कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ र उपाध्यक्ष टिकाराम गौतमले वडा नम्बर ९ मा रहेको एकमात्र विद्यालय स्कलर्स होम रहेको बताए । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ हजार ५०० विद्यार्थी अध्ययनरत छन् भने बीबीएस तहमा करिब १५० विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा १२० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ०० बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार