१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार



बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा बढी अवलोकनकर्ता भित्रिएको र कारोबार पनि उत्साहजनक रहेको जानकारी दिए । पुसको सुरुआतसँगै बुटवल क्षेत्रमा हुस्सु र शीतलहर बढे पनि त्यसले प्रदर्शनीप्रतिको आकर्षण घटाउन नसकेको उनले बताए ।

पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यस वर्ष स्वदेशी उत्पादनका स्टल मात्र समावेश गरिएको आयोजकले जनाएको छ । मौसमका कारण केही असहजता देखिए पनि प्रदर्शनीको गतिविधि नियमित रूपमा अघि बढिरहेको संघले जनाएको छ ।

चिसोका कारण हवाई उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन हुँदै सडकमार्गबाट बुटवल आइपुगेका छन् । सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालका अनुसार पूर्वघोषित अधिकांश कलाकारलाई सहभागी गराउने गरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ ।

संघकी सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा महिला उद्यमीको उल्लेख्य सहभागिता रहेको छ । अवलोकनकर्ताको ध्यान विशेषगरी महिला उद्यमीका उत्पादनतर्फ केन्द्रित देखिएको र उनीहरूका स्टलमा अन्यको तुलनामा बढी भीड तथा राम्रो बिक्री भइरहेको उनले बताइन् । घरेलु तथा सामूहिक उत्पादन, हस्तकला र संस्कृति संरक्षणसँग सम्बन्धित सामग्री महिला उद्यमीले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।

प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने, उत्पादनको बजार प्रवर्द्धन तथा गुणात्मक प्रतिस्पर्धा विकास गर्ने उद्देश्य राखिएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । उद्योगीका समस्या, अवसर र चुनौतीबारे छलफल, सूचना तथा प्रविधिको आदान–प्रदान, पर्यटन प्रवर्द्धनका कार्यक्रम, गोष्ठी तथा कार्यशाला निरन्तर सञ्चालन भइरहेको उनको भनाइ छ ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा १० वटा पेभिलियन निर्माण गरिएका छन् । ३९ जिल्लाबाट सहभागी स्वदेशी उद्योगले आफ्ना उत्पादन प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनीमा करिब ८ लाख दर्शक भित्र्याउने र ३० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले जानकारी दिए । महासचिव सुमन बस्यालका अनुसार लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त गायक–गायिका, हास्य कलाकार, ब्याण्ड प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल र भजन प्रतियोगिताले प्रदर्शनीलाई थप मनोरञ्जनात्मक बनाएको छ ।

प्रचार–प्रसार संयोजक इन्जिनियर किरण खरेलका अनुसार प्रदर्शनीका गतिविधि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिँदै आएको छ । यसैबीच कृषि र पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया तथा गोष्ठी पनि निरन्तर भइरहेको संयोजक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रदर्शनीको सुरुआतसँगै नेपाल पत्रकार महासंघले आयोजना गरेको फोटो प्रदर्शनीले समेत उल्लेख्य चासो पाएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ११ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार