३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी



काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति र व्यक्तित्वहरू एकै ठाउँमा उभिन सक्ने सम्भावना कमजोर देखिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको भेटपछि उनले यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

बुधबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा बालेन शाह र रेशम चौधरीबीच करिब १० मिनेट छलफल भएको थियो । उक्त भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना व्यवहारमा निकै कठिन देखिएको बताए ।

उनका अनुसार आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै नयाँ दल र समूहहरूबीच भइरहेको संवादले ठोस परिणाम दिन सकेको छैन । “सैद्धान्तिक रूपमा कुरा ठीक देखिए पनि व्यवहारमा सफल हुने सम्भावना देखिँदैन,” चौधरीले भने, “सबैजना आफ्नै नेतृत्वमा अघि बढ्न चाहन्छन् ।”

चौधरीले पछिल्लो समय बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङलगायत व्यक्तिहरूबीच भइरहेको संवादलाई उल्लेख गर्दै भने, “सबैजना आफैं प्रधानमन्त्री बन्ने आकांक्षामा देखिन्छन् । त्यसैले एकअर्कालाई नेतृत्वका रूपमा स्वीकार गर्ने अवस्था बनेको छैन ।”

उनका अनुसार बालेनसँगको भेटमा कुनै ठोस राजनीतिक सहमति नभए पनि आगामी दिनमा संवाद जारी राख्ने समझदारी भएको छ । तर एउटै चुनाव चिह्न वा साझा मोर्चा बनाएर अघि बढ्ने सम्भावना भने कमजोर रहेको उनको भनाइ छ ।

चौधरीले बालेनसँगै पछिल्ला दिनमा रवि लामिछाने, कुलमान घिसिङ, र अन्य केही स्वतन्त्र तथा वैकल्पिक धारका व्यक्तिहरूसँग संवाद भएको उल्लेख गर्दै ती सबैमा आ–आफ्नै राजनीतिक महत्वाकांक्षा हावी रहेको बताए ।

उनका अनुसार, “सबै जना नेतृत्वको केन्द्र बन्न चाहन्छन् । यही कारणले वैकल्पिक शक्ति एकै ठाउँमा उभिन गाह्रो भएको छ ।”

नयाँ राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास भइरहे पनि आपसी विश्वास, नेतृत्वको प्रश्न र राजनीतिक महत्वाकांक्षाका कारण तत्कालै सहकार्य सम्भव नदेखिएको चौधरीको निष्कर्ष छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : १६ बजे

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित