बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालकहरुलाई साईवर सुरक्षा, सहकारीमा डिजिटलाइजेसनको महत्वबारे जानाकारी दिने उद्देश्यले डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले अहिलेको प्रविधिको युगलाई आत्मसाथ गर्दै सहकारीहरु अघि बढ्नुको विकल्प नभएको बताए । काममा छरितो, पारदर्शीता एवं मितव्यीयताका निम्ती प्रविधिले धेरै सहज बनाएको भन्दै उहांले काम गर्ने क्रममा साईवर सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै इन्फोडेभलपर्स प्रा.लि सिईओ प्रजय नेपालले आजको परिवेशमा सहकारी क्षेत्रको डिजिटल रुपान्तरण अपरिहार्य रहेको बताए । अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्य अनुसार पनि सहकारी गतिविधि हरु पूर्ण डिजिटल प्रणाली तर्फ अगाडि बढ्न अति आवश्यक रहेको बताए । उनले केवल प्रविधि प्रयोग गर्नु मात्रै प्रयाप्त नभएको भन्दै डाटाको सुरक्षा, डिजिटल सचेतना र जिम्मेवार प्रयोग विना डिजिटल रुपान्तरण सम्भव नहुने बताए ।

२४ वर्षदेखि डिजिटल वर्डमा निरन्तर अग्रसर रहदै आएको ईन्फोडेभलपर्स प्रा।लिले नेपालका अलवा म्यानमार, भुटान र युएसएमा समेत सेवा दिदै आएको छ । नेपालमा मात्र यस प्रा।लिले नेपाल सरकारका ४५ भन्दा बढि एजेन्सी, ५० बढि बैंक एवं १ हजार ५ सय बढि सहकारीहरुलाई आफ्नो सेवा विस्तार गरेको छ ।
कार्यक्रममा बिकु सहकारीका सिईओ माधब पौडेल, जनउत्थान सहकारीका सिईओ रन बहादुर थापा, साइबर सुरक्षा विज्ञ बासुदेव राउत र नेपाल बैंक लिमिटेको म्यानेजर सन्तोष शर्माले बोलेका थिए । सो अवसरमा लामो समय सम्म सफ्टवर्यर प्रयोग गरेका २१ सहकारीलाई अंकुर ईन्फोटेक प्रा.लिका प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशक माधव पराजुली र सन्जिव मानन्धरले सम्मान गरेका थिए ।
कार्यक्रम डा.आविश्कार पराजुली सञ्चालन, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीको स्वागत तथा ईन्फो डेभलपर्सका डाईरेक्ट अविन्द्र प्रधानले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न सहकारी सञ्चालक समिति, प्रबन्धक, कर्मचारी गरी ४ सय भन्दा बढिको सहभागिता रहेको थियो ।



















प्रतिक्रिया