१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

समीक्षाका गीतमा झुमे दर्शक



गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन । पुसको जाडोमा पनि उनको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनीसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ…’ गीतसँगै मञ्च उक्लिएकी अधिकारीले ‘हावा चिसोचिसो…’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन ।

अधिकारीले ‘शिरमा शिरबन्दी…’, ‘दुश्मन हेरेको हेरै…’, ‘बुझिन मैले…’, ‘सूर्ति माड्दामाडदै…’, ‘कुरा बुझ्न पर्छ…’, ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ लगायत गीत सुनाईन । पछिल्लो समयकी सफल गायिका अधिकारीलाई बागलुङ उद्योग वाणिज्य सङ्घले दर्शकसँग भेट गराएको हो । उनको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए । अधिकारीको गायकीमा कोही मन्त्रमुग्ध देखिन्थे भने कोही नाचेर साथ दिइरहेका थिए ।

प्रस्तुतिका क्रममा अधिकारीले बागलुङसँगको आफ्नो सामिप्यता र साङ्गीतिक यात्राबारे दर्शकमाझ आफ्नो अनुभव साझा गरिन । नी अहिले देशविदेशका कार्यक्रममा व्यवस्त छिन । शुक्रबार विराटनगरको कार्यक्रम भ्याएर बागलुङ महोत्सवमा आएकी अधिकारी सोमबार जापान जाँदै छिन । जापानमा बागलुङको गलकोटबाट जापान पुगेकाहरूले जन्माएको संस्था गलकोट समाज, जापानद्वारा आयोजित अङ्ग्रेजी नयाँ वर्ष विशेष साङ्गीतिक कार्यक्रममा अधिकारीले प्रस्तुति दिनेछिन ।

शुक्रबारदेखि सुरु भएको आठौँ संस्करणको बागलुङ महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवका अवधिभर विभिन्न कलाकारको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सवमा गायक विष्णु खत्री, प्रकाश सपुत, वसन्त थापा, प्रकाश दुतराज, गायिका अस्मिता अधिकारीलगायत कलाकारको प्रस्तुति रहने उनको भनाइ छ ।

महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैँटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जडीबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहेको अध्यक्ष शाक्यले बताए । अंग्रेजी नयाँ वर्ष पारेर विशेष साङ्गीतिक कार्यक्रम पनि तय गरिएको जनाइएको छ ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको सङ्घका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रु १० मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रु दुई करोड २० लाख आम्दानी हुने र रु एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक कक्ष रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ०८ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ