१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै



नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै अंग्रेजी नेयाँ पर्षको पूवए संध्यामा होटलले न्यु इयर ईभ २०२६ आयोजना गर्ने जनाएको हो ।

आगामी बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटलका प्रबन्धक लक्ष्मण पन्थीले पूर्ण पारिवारीक वातावरणमा सांगितिक कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनले डिसेम्बर ३१ तारिखका दिन (बुधबार) बेलुका ८ बजेदेखी राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुने जानकारी दिँदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । कार्यक्रममा चर्चित कलाकार जोडी अस्मिता अधिकारी र महेश काफ्लेको सांगितिक प्रस्तुती रहने तथा मोडल संचिता बुलाखे पनि नेपालगन्ज आउने निश्चित भईसकेको प्रबन्धक पन्थीले जनाए ।

कार्यक्रममा साढे ५ सय बढी पाहुना आउने अपेक्षा होटल संचालकहरुले गरेका छन् । चिसो र प्रतिकुल मौसमलाई ध्यान दिँदै कलपत्रुमा गरिने कार्यक्रममा वातानुकल हल भित्र पारिवारिक वातावरण प्रदान गरिनुका साथै सुरक्षाको विशेष व्यवस्था गरिएको पन्थीले बताए ।

कार्यक्रम अवलोकन गर्नका लागि होटलले प्याकेज अफर सार्वजनिक गरेको छ । प्रवन्धक पन्थीका अनुसार नेपालगन्ज बाहिरबाट आवासिय नयाँ वर्ष मनाउन आउने पाहुनालाई विशेष छुटमा बास र कार्यक्रम अवलोकनको व्यवस्था मिलाईएको छ । प्रतिव्यक्ति १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँमा डिनर, वेलकम ड्रिंक र खाजाको प्रबन्ध गरिएको प्रबन्धक पन्थीले बताए । उनका अनुसार किशोर बालबालिकालाई भने एक हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

नयाँ वर्ष मनाउन आउने भारतीय ग्राहकलाई लक्षित गर्दै कलपत्रुले बाँके निकुञ्जको विशेषता सहितको प्रचार सामाग्री होटल परिषरमा राखिएको छ । ‘पुस १५ पछि नयाँ वर्ष मनाउने ठुलो संख्यामा भारतीय पर्यटकहरु नेपाल आउने गरेका छन्,’ प्रबन्धक पन्थीले भने, ‘उनीहरुलाई बाँके निकुञ्ज भ्रमण गराउने गरि कार्यक्रम पनि बनाईएको छ ।’ उनले बाँके निकुञ्जबारे भारतीय पर्यटकलाई थाहा नै नभएको बताए ।

पत्रकार सम्मेलनमा होटलका बिभागिय प्रमुखहरुले होटलको सेवाका बारेमा जानकारी दिएका थिए । ८० कोठा, ५ वटा सेमिनार हल र एउटा ब्याङ्कट हलबाट नेपालगन्जमा सेवा दिइरहेको चारतारे होटल कलपत्रुले छिट्टै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेवा विस्तार गर्ने तयारी गरेको होटल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : २१ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ