१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरू



काठमाडौं । गे्रगोरियन पात्रो अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू भएको छ । नेपाली समयअनुसार आइतबार मध्यराति नयाँ वर्ष २०२४ लाई स्वागत गरिएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो । विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२४ लाई स्वागत गरिएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का