२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै



बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन दिने ‘बुटवल सडक खाना महोत्सव’ सुरु हुँदैछ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने महोत्सव आज (१५ गते) देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

बुटवल-९ स्थित तिनकुने चोकदेखि बसपार्क चोकसम्म फैलिने महोत्सवमा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित विविध स्वाद र संस्कृतिको संगम प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा रैथाने परिकार, विभिन्न जातजातिका मौलिक खानाका परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू उपलब्ध हुनेछन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालका अनुसार महोत्सवका लागि सडकको बीच भागमै अत्याधुनिक स्टल निर्माण गरिएको छ । यसले आगन्तुकलाई सहज, सुरक्षित र आकर्षक वातावरणमा खानाको स्वाद लिन सक्ने अवसर प्रदान गर्नेछ ।

महोत्सवमा खानाका परिकारसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ तथा वितरण एवं स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाले जानकारी दिए । उनका अनुसार यसले बुटवलको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ । स्थानीय खानाका परिकारको प्रवर्द्धन, कला-संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन महोत्सवको प्रमुख उद्देश्य रहेको संघले जनाएको छ । बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा थप चिनाउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय स्थल झल्किने सेल्फी जोन निर्माण गरिनेछ भने पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठीसमेत आयोजना गरिनेछ ।

महोत्सवमा करिब ६० वटा खाना स्टल रहने संघका महासचिव तथा महोत्सवका सदस्य सचिव केशव कँडेलले जानकारी दिए । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिने र अन्तिम दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिने उनले बताए ।

महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा आज दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्‍याली आयोजना गरिने संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले जानकारी दिए । संघले २०७५ सालदेखि निरन्तर रूपमा सडक खाना महोत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ५९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा