२० मंसिर २०८२, शनिबार | December 6, 2025

साग पदक विजेतालाई गृह गाँउ डुडुवाद्धारा नगदसहित सम्मान



नेपालगन्ज । १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने बाँके स्थित डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

२०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नंं ५ का शुसिला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदम बहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम पहिचान गराएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरि दुबै जना खेलाडीलाई दोसल्लासहित कदर पत्र र जनही नगद रु ५० हजारका दरले सम्मान गरिएको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । चारै जना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट राष्टियस्तरमा नै गरिमा बढाएको र डुडुवाको नाम समेत रोशन गरेको भन्दै खेलाडीको थप हौसला तथा उत्प्रेरणा जगाउन सम्मान गरिएको बताए । उनले भने–‘यो सम्मानले यहाका थप स्थानीय खेलाडीहरुको उत्प्रेरणा बढाउनमा मद्दत गर्दछ ।’

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय