२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मालिका गाउँपालिका-७ अर्जे राम्चेमा विद्यार्थी बोकेर वनभोज जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मालिका-६ का ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लुम्बिनी प्रदेश ००-ख-०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षीय बालक अनुभव गिरी र पैदल हिँडिरहेकी मालिका-६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । दुवैको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना मालिका-७ अर्जे राम्चे ओरालो सडक खण्डमा भएको हो । बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई वनभोजका लागि लैजाँदै थियो ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ४८ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक