२० असार २०८३, शनिबार | July 5, 2026

रास्वपाको समानुपातिक बन्दसूचीबाट चन्द्र ढकालका छोरा सचिनले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा एफसी चितवनका अध्यक्षसमेत रहेका ढकालले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिनले रास्वपाले समानुपातिक सूचीमा समावेश गरेर दिएको अवसरप्रति पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । उनले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप यसपटक व्यक्तिगत कारणले आफ्नो नाम सूचीबाट फिर्ता लिने निर्णय गरेको प्रष्टिकरण दिएका छन् ।

सचिनले युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने र आवश्यक परे आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी लिन सधैँ तयार रहने पनि बताएका छन् ।

विदेशमा अध्ययनपछि उतै आकर्षक अवसर हुँदाहुँदै पनि स्वदेश फर्किएर उद्यमशीलता विकासमा लाग्ने अठोटका साथ आफू नेपाल फर्किएको उनले उल्लेख गरेका छन् । आफ्ना पिता चन्द्रप्रसाद ढकालको प्रेरणाले स्वदेशमै उद्यम, रोजगारी सिर्जना र देशको समृद्धिमा योगदान गर्ने लक्ष्यसहित आफू अघि बढिरहेको उनको भनाइ छ ।

ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन र युवा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विदेशमा अवसर नपाएर वार्षिक पाँच लाखभन्दा बढी युवा पलायन भइरहेको यथार्थप्रति चिन्ता व्यक्त गरेका छन् । विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने युवाहरूका प्रयासमा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

व्यवसायिक पृष्ठभूमि भएको परिवारको सन्तान हुनु आफैंमा कमजोरी नभएको उल्लेख गर्दै ढकालले आफूले पारिवारिक नामभन्दा पनि आफ्नै शिक्षा, ज्ञान र नवउद्यममार्फत देशका युवाका लागि उदाहरणीय बन्ने प्रयास गरिरहेको बताएका छन् ।

 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : २६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी