२३ पुस २०८२, बुधबार | January 7, 2026

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली



गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गरे ।

उनले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताए । केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उनको भनाइ छ ।

उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताउनुभयो । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उनले दाबी गरे ।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उनले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ३७ बजे

राष्ट्रियसभा निर्वाचन : यी हुने नेकपाका १८ उम्मेदवार

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी

नवलपुरको मध्यबिन्दुमा बोरा भित्र महिलाको शव फेला, हत्या भएको आंशका

नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार