२५ पुस २०८२, शुक्रबार | January 9, 2026

नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो ।

अध्यक्ष ढकालले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक क्षेत्रको विस्तारमा फलदायी हुने बताए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ३५ बजे

एन आई सी एशियाको लकर सेवामा ३० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंकले लकर सेवामा उपलब्ध

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी

काठमाडौँ । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको

देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष