३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह



नेपालगन्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए ।

उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए । “छोटी भन्सार सञ्चालन गर्दा इमान्दार रुपमा व्यवसाय गर्नेलाई लाभ हुन्छ र अवैध काम रोकिन्छ”, धामीले भने । उनले छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेको बताए ।

नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले विभिन्न नाकाबाट छोटी भन्सार सञ्चालनको माग आए पनि तत्काल सञ्चालन नीति नआएको जानकारी दिए । उनले छोटी भन्सारबाट व्यापारमा विकृति भित्रिएको उल्लेख गर्दै बरु भएका भन्सारलाई सुदृढीकरण गरेर लैजाने सरकारको नीति भएको बताए ।

छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् भने केहीको भवन नै थिएन । यी भन्सारबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन । नरैनापुर, खडैचा, साइगाउँमा छोटी भन्सार रहेका भवन हाल भत्किएर काम नलाग्ने अवस्थामा छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रको बाटोबाट खुलेआम तस्करी हुने गरेको बताए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : २७ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम