२५ पुस २०८२, शुक्रबार | January 9, 2026

राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डताको पूर्ण सम्मान गर्न नेपाल सरकारको आग्रह



काठमाडौं । अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत नेपालको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालको तर्फबाट जोड दिएको छ ।

नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारी मार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाउँदै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालले तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न सम्बन्ति पक्षलाई आग्रह पनि गरेको छ ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि बिश्व समुदायमा त्यसप्रति चासो देखिएको हो । विभिन्न मुलुकले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ४८ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा