११ भदौ २०८३, बिहिबार | August 27, 2026

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छन् ।

मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी हुन् ।

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप(प्रमुखरप्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं +९७२–५३५३६०७४८, ०३५१००१११ र इ-मेलः [email protected] नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर÷नियोग उप-प्रमुख कुमार राईलाई फोन नं +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ-मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ३९ बजे

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको