३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन



पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छन् । पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौं अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यलाई आगामी तीन वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दशत्रमा सहमतिमै तुलाचनलाई अध्यक्ष निर्वाचित गरिएको हो । समितिको सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन चयन भएका छन् ।

यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन र काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिए ।

केन्द्रीय समितिको आयोजना तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबार तीन दिनसम्म अधिवेशन सञ्चालन भएको थियो । नेपालमा रहेका २० वटा र विदेशमा रहेका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ जनाको प्रतिनिधिको अधिवेशनमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ०० बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय