३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । विशेष महाधिवेशन चलिरहेका बेला बोलाइएको यो बैठकलाई पार्टीभित्र अत्यन्तै महत्वपूर्ण र अर्थपूर्ण रुपमा हेरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनको क्रममा पार्टीको संगठनात्मक संरचना, विधान संशोधन, नेतृत्वको भूमिका तथा समसामयिक राजनीतिक अवस्थाबारे व्यापक छलफल भइरहेको छ ।

यही सन्दर्भमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका एजेन्डा, पार्टीको भावी दिशा, आन्तरिक एकता तथा राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ । बैठकले विशेष महाधिवेशनलाई थप प्रभावकारी बनाउने निर्णयहरू लिन सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ३९ बजे

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप