२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

सिन्धुपाल्चोकको भोटेकोसीका विद्यार्थीलाई ‘पाण्डा प्याक परियोजना’ अन्तर्गत न्यानो पोशाक वितरण



सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गर्दै ‘पाण्डा प्याक परियोजना’ कार्यान्वयन गरिएको छ ।

चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट ( सीएफआरडी) द्वारा संचालित उक्त परियोजनाले चिसो र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा अध्ययनरत बालबालिकाको सिकाइ अवस्था र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने उद्देश्य लिएको छ ।

नेपालमा सामाजिक रूपमा बहिष्कृत तथा सीमान्तकृत समुदायका बालबालिकाले अझै पनि गुणस्तरीय शिक्षामा पहुँच पाउन कठिनाइ भोग्दै आएका छन् । विद्यालयमा न्यून सहभागिता, सिकाइमा सहयोगको कमी तथा आर्थिक अभाव जस्ता समस्याले उनीहरूको शैक्षिक प्रगति प्रभावित बनाउँदै आएको पृष्ठभूमिमा उक्त परियोजना सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत भोटेकोसी गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म रहेका २९ विद्यालय समेटिएका छन् । ईसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई एकसेट ट्र्याकसुट, एकजोर पञ्जा, एकजोर मोजा, एक मफलर र एकटोपी सहितको ‘न्यानो पोशाक प्याकेज’ वितरण गरिएको छ । केही विद्यालयमा वितरण सकिएको छ भने बाँकी विद्यालयमा वितरण कार्य जारी छ ।

वडा नं. ५ स्थित मर्मिङ माध्यमिक विद्यालयमा आयोजित औपचारिक वितरण समारोहमा सीआरडीएफका कन्ट्री डाइरेक्टरको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सीआरडीएफका प्रतिनिधि, कार्यान्वयनकर्ता संस्था ग्लोबल कोअपरेशन फर डेभलपमेन्ट (जीसीडी)का अध्यक्ष तथा प्रतिनिधि, विद्यालय प्रमुख, शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, शिक्षा शाखाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

न्यानो पोशाकसहितको प्याकेज प्राप्त गर्दा विद्यार्थीहरू अत्यन्त उत्साहित र खुसी देखिन्थे । विद्यालयका प्रधानध्यापकले समुदायका बालबालिकाका लागि अत्यधिक आवश्यक कार्यक्रम ल्याइदिनुमा गहिरो आभार प्रकट गरे ।

कार्यक्रममा सीआरडीएफकी कन्ट्री निर्देशक झोउ झिचियाङ (Zou Zhiqiang)ले संस्थाले नेपालमा विभिन्न कार्यक्रममार्फत निरन्तर रूपमा शैक्षिक सहयोग प्रदान गर्दै आएको बताइन् । पाण्डा प्याक परियोजना चिसो तथा दुर्गम क्षेत्रका बालबालिकाको जीवनस्तर र सिकाइ वातावरण सुधार गर्ने संस्थाको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ थियो ।

जीसीडीका अध्यक्ष मुक्ति मरासिनीले कार्यक्रमको तयारीदेखि वितरण चरणसम्मको यात्रा अर्थपूर्ण र सकारात्मक रहेको बताए । स्थान छनोट, स्थानीय सरकारसँग समन्वय, विद्यालयहरूसँग सहकार्य तथा कर्मचारीहरूको समर्पित लगनशीलताबाट कार्यक्रम सफल भएको उनले उल्लेख गरे ।

त्यसैगरी, भोटेकोसी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनेश कुमार श्रेष्ठले यस्तो किसिमका कार्यक्रमले बालबालिकाको हौसला वृद्धि गर्ने तथा स्थानीय सरकार र संस्थाबीच सहकार्य सुदृढ बनाउने बताए । दुर्गम भौगोलिक र सीमित साधनस्रोत भएका परिवारका बालबालिकासम्म सहयोग पुगेको देख्दा आफू अत्यन्त आभारी भएको उनले बताए ।

समुदाय र सरोकारवालाको सक्रिय सहभागितासहित सम्पन्न पाण्डा प्याक परियोजनाले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पु-याएको र स्थानीय तहमा सहकार्यको संस्कृतिलाई अझ सुदृढ बनाएको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ४६ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र