काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीको घोषणापत्र निर्माणका लागि कमिटी गठन गरेको छ ।
बिहीबार ललितपुरस्थित एक होटलमा बसेको विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाकै नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गरेको हो ।
बैठकले देशभर पार्टी पंक्तिलाई परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । चालिसेलाई पनि सोही बैठकले प्रवक्तामा नियुक्त गरेको हो । यसका साथै दोस्रो विशेष महाधिवेशनपछि पार्टीका विगतका अभिलेखहरू आवधिक गर्ने, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवार सूची संशोधन तथा अद्यावधिक गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले विशेष महाधिवेशनमा सहभागी सम्पूर्ण कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेको छ ।


















प्रतिक्रिया