दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाले जानकारी दिएको छ ।
बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















प्रतिक्रिया