१ माघ २०८२, बिहिबार | January 15, 2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोल रु ३ र डिजेलरर मट्टितेल प्रतिलिटर रु १-१ रुपैयाँले घटाइएको हो ।

भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले प्रकाशित गरेको सूचनामा जनाइएको हो ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ पुगेको छ भने तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३.५० र डिजेल १३३.५० रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ११ : ३० बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल