१९ असार २०८३, शुक्रबार | July 3, 2026

आयोगमा गगन कांग्रेसको दाबी – विधान अनुसार विशेष महाधिवेशन भएको हो, हामी नै आधिकारिक हौं



काठमाडौं । नेपाली कांग्रेसको गगन थापा पक्षीय विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसको विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।

नेतृत्व परिवर्तनको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका शर्माले आयोग पदाधिकारीहरु सामु आफुहरुले आयोजना गरेको विशेष महाधिवेशन पार्टी विधानसम्मत भएको दाबी गरेका हुन् । छलफलमा शर्माले विशेष महाधिवेशन आयोजना गर्दा आफुहरुमाथि कुनै पनि कारबाहीको विषय नउठेको जिकिर गरे । “जतिबेला कारबाही गरिएको भनिन्छ, त्यतिबेला हामी महामन्त्रीसमेत थिएनौं। केन्द्रीय कार्यसमिति पहिल्यै विघटन भइसकेको थियो,” उनले भने।

शर्माले असोज महिनामा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेको तथ्य पनि स्मरण गराए। नियमित महाधिवेशनको कार्यतालिका अव्यावहारिक रहेकाले दुवै महामन्त्रीले त्यसमा असहमति जनाएको उनको भनाइ थियो।

उनले कांग्रेस विधानमा केन्द्रीय समिति र केन्द्रीय कार्यालयको व्यवस्था स्पष्ट रहेको उल्लेख गर्दै केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने प्रावधान रहेको बताए। “विधानअनुसार दलले आफ्नै विधान कार्यान्वयन नगरेमा त्यो कानुन उल्लंघन हुन्छ,” शर्माले जोड दिए।

विशेष महाधिवेशनका प्रतिनिधिमध्ये जम्मा २९ जनाले मात्र आफ्नो हस्ताक्षर फिर्ता लिएको पनि उनले जानकारी दिए। यसअघि आजै बिहान मात्रै सभापति शेरबहादुर देउवा पक्षीय कार्यबहाक सभापति पूर्णबहादुर खड्काले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण रहेको भन्दै आयोगलाई कागजपत्र बुझाएका थिए ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको समूहले आफ्नो पार्टीको आधिकारिकता माग गर्दै आज पुनः निर्वाचन आयोगमा निवेदन दिएको हो। यसअघि हिजो थापा आयोग पुगेर आफुहरु नै आधिकारिक भएको दाबी गरेका थिए ।

आज बिहान मात्रै पूर्णबहादुर खड्काको नेतृत्वमा रहेका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिसहित ठूलो संख्यामा नेता कार्यकर्ताहरु आयोग पुगेर आफुहरु नै आधिकारिक भएको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ३४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०