२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय



नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय र कपास विकास समितिको प्रधान कार्यालय खजुरामा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

बाँकेमा क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहाल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिबक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ०८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार