३ माघ २०८२, शनिबार | January 17, 2026

कालीकोटमा जीप दुर्घटना हुँदा स्काभेटर अपरेटरसहित तीन जनाको मृत्यु



कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सेरी-पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना जीपका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका गाउँपालिका-२ का नवराज शाही रहेका छन् । उनीहरू तीनै जना सेरी-पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारासम्म खसेको थियो । दुर्घटनापछि भीरबाट तीनै जनाको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम मान्म लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जीप चालक भने प्रहरीको सम्पर्कमा आइसकेको र प्रारम्भिक सोधपुछ हुन बाँकी रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख हिमबहादुर खत्री, जनपद प्रहरी र सशस्त्र प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाले स्थानीयस्तरमा शोकको वातावरण सिर्जना भएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ४२ बजे

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निर्वाचन आयोगले मान्यता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली

कालिका मानवज्ञान मावि व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत चयन

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय