४ माघ २०८२, आइतबार | January 18, 2026

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते



चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।

उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए। दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिए । गम्भीर घाइते रमेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पतालमा पठाइएको उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : ४४ बजे

निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले फागुन २१ गते हुने

प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रियसभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभाका तीन

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु