१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने बताए। शाहले आजै प्रमुख पदबाट राजीनामा बुझाउने भनिए पनि उनले पर्सिसम्म राजीनामा होल्ड गर्न चाहेको बताइएकोछ ।

रास्वपाको केन्द्रीय कार्यालय चमतिमा बस्ने सो बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिए ।

पार्टी सभापति लामिछाने, नेता शाहलगायत अन्य नेताहरु आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ०५ बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी