५ माघ २०८२, सोमबार | January 19, 2026

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र



सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बुक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ ।

फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ । याममा दैनिक ९०० देखि एक हजार जनासम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले दुई-चार जना पर्यटक मात्रै आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बइजुले जानकारी दिए ।

होटल खोलेरै बसेका कतिपय होटल व्यवसायी फुर्सदिलो बनेको खुम्बू पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ । “यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुने हुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौं, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गर्छन्”, खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले भने ।

स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुई वटा रेञ्जपोष्ट छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार खुम्बू क्षेत्रमा पछिल्ला दिनमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा निकै तल छ । नाम्चे बजारमा न्यूनतम तापक्रम माइनस ६ देखि ८ डिग्री सेल्सियससम्म पुगेको स्थानीयको भनाइ छ । गोरक्सेप र कालापत्थर क्षेत्रमा तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : १५ बजे

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा हिमपात हुनसकेन