२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाउँदै उनले समय र प्रक्रियागत सीमाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत थापाले भने, “हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ । समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने प्रयास भइरहेको छ ।”

उनले उम्मेदवार छनोटलाई भन्दा पनि सहमतिको प्रक्रियालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने गरी निर्णय गर्ने प्रयास भइरहेको बताए । पार्टीभित्र देखिएका मतभेदलाई थाती राखेर आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर अघि बढ्न उनले आग्रह गरे ।

“भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,” थापाले भने ।

समयको चाप र आन्तरिक सन्तुलन मिलाउनुपर्ने अवस्थाबीच कांग्रेस नेतृत्व उम्मेदवार टुंग्याउने प्रक्रियामा जुटिरहेको थापाको भनाइ छ । उनले आन्तरिक विवादलाई छाडेर एकताबद्ध रूपमा निर्वाचन अभियानमा होमिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

कांग्रेसले समयमै उम्मेदवार टुंग्याएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सशक्त रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ३० बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण