५ माघ २०८२, सोमबार | January 19, 2026

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीका साथ सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

खरेलले कुन पार्टीबाट चुनाव लड्ने भने बताएनन् । यद्यपी उनी ललितपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।

निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका खरेलमाथि सरकारमा रहेर रास्वपामैत्री भूमिका खेलेको आरोप लाग्दै आएको थियो । सोही विषयलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले पनि उनलाई राजीनामाबारे निर्णय लिन सुझाव दिएकी थिइन् ।

 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ५३ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच