१ असार २०८३, सोमबार | June 16, 2026

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा



हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा बुझाउनुभएको छभने प्रदेशसभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राजीनामा पठाउनुभएको सचिव पौडेलले बताए ।

राजीनामा दिएका मास्के प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट काठमाडौैं क्षेत्र नम्बर ६ मा टिकट पाएका छन् । यसैगरी दुलालले नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका छन् । प्रदेशसभा सदस्यहरुको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत प्रक्रिया अघि बढेको सचिव पौडेलको भनाइ छ ।

 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ०५ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि