५ माघ २०८२, सोमबार | January 19, 2026

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार



बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।
पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।

उनले उद्योग व्यवसायसँगै स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । बुटवल र आसपासका क्षेत्रमा उनको सामाजिक सक्रियता र सहयोगी स्वभावका कारण उनी एक परिचित तथा सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

कांग्रेसले पौडेलको उम्मेदवारीले रुपन्देही–२ मा पार्टीलाई बलियो बनाउने विश्वास लिएको छ । उम्मेदवारी टुंगिएसँगै कांग्रेसले निर्वाचन अभियानलाई तीव्र बनाउँदै संगठनलाई एकढिक्का बनाएर चुनावी प्रतिस्पर्धामा होमिने तयारी थालेको जनाएको छ ।

यस क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप), रास्वपाबाट इन्जिनियर आशिष सुवेदी, प्रलोपाबाट नारायण नगिलाले टिकट पाएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : १६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच