१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण



बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो ।

जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । उनका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्धारित समयभित्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने स्वतन्त्र वा कुनै पनि राजनीतिक दलका उम्मेदवारको रितपूर्वक आएको उम्मेदवारी दर्ता गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : १९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’