७ माघ २०८२, बुधबार | January 21, 2026

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान



नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बाँकेले निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गरेको छ । शाखाको कार्यसमिति बैठकले निर्वाचनलाई लक्षित गर्दै जिम्मेवार पत्रकारिताका लागि मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गरेको हो ।

बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको वैठकले प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ को छैठौँ स्मृति दिवसका अवसरमा माघ १५ गते ‘फेक’ समाचारलाई निरुत्साहित गर्ने उद्देश्यले ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको महासंघ बाँकेका सचिव कृष्ण ओलीले जानकारी दिए ।

यसैगरी बैठकले नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको विशेष उपस्थितिमा यही माघ १९ गते नेपालगन्जमा ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : ४२ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ