२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूको नामावली आज बेलुका ५ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता गरिएका उम्मेदवारविरुद्ध हिजो उजुरी दिने कार्यतालिका रहेको थियो । दर्ता भएका उजुरीमाथि आज जाँचबुझ गरी आवश्यक निर्णय गर्दै अन्तिम नामावली सार्वजनिक गर्न लागिएको हो ।

यसैबीच, उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भक्तपुर, सुनसरी, रौतहट र कैलाली जिल्लाका उम्मेदवारविरुद्ध उजुरी परेको हो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दुई जना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट एक जना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट एक जना तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट एक जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । आयोगको तालिकाअनुसार सोही दिन देशभर उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूविरुद्ध बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी-विरोध पेस गर्ने समय तोकिएको थियो । त्यसपछि उजुरीमाथि जाँचबुझ गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ६ : ५८ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत