८ माघ २०८२, बिहिबार | January 22, 2026

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने



काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्ने भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि सबै क्षेत्रमा फागुनको पहिलो साता मतपत्र पुर्याउन सकिनेगरि काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने छ । माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । आयोगले यसपटक निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको जनाएको छ ।

बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको प्रवक्ता भट्टराईको भनाइ छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४ सय ८७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ३ : ५० बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको