८ माघ २०८२, बिहिबार | January 22, 2026

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न भू-भागमा मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिम नेपालबाट मौसममा परिवर्तन सुरु भई मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

विभागका मौसमविद् डेभिट ढकालका अनुसार माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न सुरु हुनेछ । त्यसपछि सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा प्रारम्भ हुने जनाइएको छ ।

शुक्रबार रातिदेखि देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यमसम्म हिमपातको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित असिनाको समेत सम्भावना रहेको विभागले जनाएको छ । शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर देखिने र चिसो अझ बढ्ने विभागको भनाइ छ ।

मौसम बदलीका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै दैनिक रूपमा सार्वजनिक हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ५ : ५६ बजे

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न