२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न भू-भागमा मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिम नेपालबाट मौसममा परिवर्तन सुरु भई मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

विभागका मौसमविद् डेभिट ढकालका अनुसार माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न सुरु हुनेछ । त्यसपछि सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा प्रारम्भ हुने जनाइएको छ ।

शुक्रबार रातिदेखि देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यमसम्म हिमपातको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित असिनाको समेत सम्भावना रहेको विभागले जनाएको छ । शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर देखिने र चिसो अझ बढ्ने विभागको भनाइ छ ।

मौसम बदलीका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै दैनिक रूपमा सार्वजनिक हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ५ : ५६ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे