१० माघ २०८२, शनिबार | January 24, 2026

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश



काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

शनिबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास पुगेर युग पाठक नामले चिनिने दिपककुमार पाठकले औपचारिक रूपमा पार्टी सदस्यता लिएका हुन्। पार्टी प्रवेशका क्रममा सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूले पाठकलाई खादामाला लगाएर स्वागत गरेका छन् ।

सो अवसरमा संयोजक प्रचण्डले युग पाठकजस्तो सचेत नागरिक र बौद्धिक व्यक्तित्व पार्टीमा जोडिनु सुखद र गर्वको विषय भएको बताए। सह–संयोजक नेपालले पार्टीभित्र पाठकको भूमिका सशक्त र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

पाठक ‘उर्गेनको घोडा’ र ‘मांगेना’ लगायतका चर्चित कृतिका लेखक हुन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : २६ बजे

सरकारले योजनाबद्ध रूपमा मेरो अपमान गर्‍यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई

दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७