१३ बैशाख २०८३, आइतबार | April 26, 2026

रुकुम पश्चिममा एमालेले जनार्दनलाई सघाउने



काठमाडौं । नेकपा (एमाले)ले रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने निर्णय गरेको छ।

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच रुकुम पश्चिम, रुकुम पूर्वसहित साविक राप्ती अञ्चल र डोल्पा जुम्ला छोडेर कर्णाली अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई एमालेले सघाउनेछ।

यसैगरी, राप्ती अञ्चलका बाँकी जिल्ला र कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लामा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पार्टीले आफ्ना–आफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब आवश्यक निर्देशन दिने जनाएका छन्।

 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : ४० बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र