११ माघ २०८२, आइतबार | January 25, 2026

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले विवादास्पद व्यापारीले उपलब्ध गराएको भनिएको करोडौँ रुपैयाँ मूल्यको गाडी प्रयोग गरेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ नदिई पन्छिएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर-५ सहित कोशी प्रदेशका विभिन्न जिल्लाको चुनावी भ्रमण सकेर आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासमा पुगेका साहलाई बाहिरिने क्रममा सञ्चारकर्मीहरूले घेरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे संक्षिप्त प्रतिक्रिया दिँदै शाहले यसपटक रास्वपाले स्पष्ट बहुमतसहित सरकार बनाउने दाबी गरे पनि, व्यक्तिगत जवाफदेहीसँग जोडिएको गाडी विवादबारे भने मौन रहे ।

कुमार बेनको घरबाट बाहिर निस्किने क्रममा पत्रकारले ‘विवादास्पद व्यापारीले दिएको करोडौँको गाडी चढेको विषयमा प्रश्न उठिरहेको छ, यसबारे जवाफ दिनुहोस्’ भनेर सोध्दा शाहले कुनै प्रतिक्रिया दिएनन् । बरु पत्रकारसँग आँखाजुधाउनसमेत नचाहँदै हतार-हतार गाडीतर्फ लागे । उनलाई पत्रकारबाट जोगाउन सहयोगीहरूले घेराबन्दी गर्दै अघि बढाए ।

त्यसक्रममा एक पत्रकारले बुम तेर्स्याउँदै पुनः प्रश्न गरे भने अर्को पत्रकारले ‘आठ करोडको गाडी चढेको भन्ने विषयमा जवाफ दिनुपर्छ’ भन्दै कडा स्वरमा प्रश्न गरेका थिए । तर साहले ती सबै प्रश्नलाई बेवास्ता गर्दै कुनै प्रतिक्रिया नदिई ज्वागल क्षेत्र छाडे ।

चुनावी प्रचारप्रसारका क्रममा शाहले प्रयोग गर्दै आएको बागमती प्रदेश ०१-०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर विवादास्पद व्यापारी कमलकिशोर मालपानीको नाममा दर्ता रहेको खुलेको छ । जगुआर ल्यान्ड रोभर लिमिटेडले उत्पादन गर्ने डिफेन्डर गाडीको नेपाली बजार मूल्य ८ करोड रुपैयाँसम्म भनिए पनि यसको वास्तविक बिक्री मूल्य करिब ४ करोड २९ लाख रुपैयाँ रहेको बताइएको छ । नेपालमा हालसम्म डिफेन्डरका चार युनिट मात्र आयात भएका छन् ।

मालपानी केही वर्षअघि मानपदवी ‘जनसेवाश्री’ पदकबाट सम्मानित भएका व्यक्ति हुन् । तर उनीविरुद्ध २०७६ सालमा कर छली तथा नक्कली भ्याट प्रयोगसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभागले दायर गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बालेन्द्र शाह झापा-५ बाट रास्वपाका उम्मेदवार बनेका छन् । उक्त निर्वाचन क्षेत्रमा उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा सार्वजनिक जवाफदेहीसँग जोडिएको गाडी विवादमा साहको मौनताले राजनीतिक वृत्तमा थप प्रश्न र चासो उत्पन्न गराएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ३७ बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र