१२ माघ २०८२, सोमबार | January 26, 2026

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने



काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ।

मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले आज (सोमबार) साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू‍भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी मंगलबार र बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन/चट्याङसहितको वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । ‘सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’ मौसम महााखाले बुलेटिनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १५ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको