११ भदौ २०८३, बिहिबार | August 28, 2026

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय



काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा विलय भएको छ ।

मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीबीच औपचारिक सहमति भएको हो ।

दुईपार्टीबीच ४ बुँदे सहमतिपत्र भएको छ । सो सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रको पहिलो बुँदामा चुरे भावर पार्टी पूर्ण रूपमा नेकपामा विलय हुने उल्लेख छ । यससँगै चुरे भावर पार्टीका नेता तथा कार्यकर्ताहरू नेकपाको संगठन संरचनामा समायोजन हुनेछन् ।

सहमतिका अन्य बुँदाहरूमा चुरे क्षेत्रको संरक्षण, तराई–मधेसका जनताको अधिकार सुनिश्चितता तथा राष्ट्रिय एकतालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा संयोजक प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने अभियानमा चुरे भावर पार्टीको समाहित महत्वपूर्ण उपलब्धि भएको बताए ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : १९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि