१४ माघ २०८२, बुधबार | January 28, 2026

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : १६ बजे

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण