१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गरेका छन् ।
बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजीनामा दिई निर्वाचनमा उम्मेदवार दिइसकेका छन् । यसले सरकारको नैतिकतामाथि प्रश्न उठ्नसक्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।
सांसद नारायणदत्त भट्टले नागरिक सरकार गठन हुँदाको विश्वासअनुसार कार्यसम्पादन हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे। नागरिक सरकारमा बसेरै निर्वाचनको उम्मेदवार बन्नु आपत्तिजनक भएको भन्दै उनले सत्ताका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिको आलोचना गरे ।
सांसद विष्णुकुमारी सापकोटाले जेनजी आन्दोलनका सहिदहरूको स्मरण गर्दै शान्तिसुरक्षामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिइन । निर्वाचन घोषणा भएपछि नैतिक जिम्मेवारीबाट पन्छिँदै मन्त्रीहरूले राजीनामा दिई दलका झण्डा बोकेर चुनावी मैदानमा जानु अनुचित भएको उनको भनाइ छ ।
सांसद सुमित्रा बिसीले छ महिनाभित्र चुनाव गराउने प्रतिबद्धतासहित आएको सरकारले बीचमा जिम्मेवारी छाड्नु गैरजिम्मेवारीपूर्ण भएको धारणा राखिन् । उनले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले आगामी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सरकारसँग आग्रह गरे। सांसद मायाप्रसाद शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन जोड दिए । उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्का गर्न नहुने धारणा राखे। उनले संसद् विघटनपछि सभा सञ्चालनका लागि पहल गरेकामा सभाध्यक्षप्रति आभार पनि व्यक्त गरे ।
सांसद भुवनबहादुर सुनारले संसद्ले बनाएको बजेट सरकारले रोक्न नहुने धारणा राखे। वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ३६ बजे

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका