१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छ : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन ।

नेपाल रेडक्रस सोसाइटीका विषयमा आज मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार संशोधन र संस्थालाई राजनीतिबाट मुक्त राखी निष्पक्ष कार्यसम्पादन गर्न आग्रह गरे । संस्थाको पवित्र उद्देश्यबाट विचलित नभई सरकारको सहयोगीका रूपमा गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी कार्य गर्न पनि उनले आग्रह गरे ।

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र दुवै मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । यस्तै, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : ०७ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको