१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै



मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी-कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो ।

अवरुद्ध नेपाल-चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो ।

लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिए ।

यसअघि मङ्गलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी-कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो । सोही कारण जोमसोम-कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । भारी हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ ।

शुक्रबार कोरला सडक आयोजनाको सडक खन्ने उपकरणले मुस्ताङको छुसाङदेखि माथि कोरलानाकासम्मको सडकमा जमेको हिउँ पन्छ्याउने काम भइरहेको आयोजनाले जनाएको । यसैगरी कोरला सडक आयोजनाको सम्पूर्ण खर्च व्यवस्थापन गर्नेगरी लोमान्थाङ गाउँपालिकाको सडक खन्ने उपकरण डोजरले लोमान्थाङबाट तल सडकमा जमेको हिउँ पन्छाइएको थियो ।

हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटोछरितो रुपमा सञ्चालनमा ल्याउने गरी आयोजनाले दुई वटा डोजर एकैसाथ तल र माथि परिचालित गरी लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइसकेको र लोमान्थाङदेखि कोरलानाकासम्म सडकको हिउँ पन्छाउनु सुरु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

सडक अवरुद्धका कारण माथिल्लो मुस्ताङको जनजविन प्रभावित बनेकोमा शनिबारदेखि माथिल्लो क्षेत्रको जनजिवन सामान्यीकरण बन्दै गएको आयोजना प्रमुख शर्माको भनाइ छ । अवरुद्ध सडक सञ्चालनमा आइसकेकाले माथिल्लो मुस्ताङमा खाद्यान्न ढुवानी गर्न सहज भएको आयोजना प्रमुख शर्माले बताए ।

हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ ।

त्यहाँ पनि आयोजनाले डोजर परिचालित गरी एक दुई दिनभित्र सडक सञ्चालनमा ल्याउने गरी काम गरेको आयोजना प्रमुख शर्माले बताए । यसअघि स्थानीय प्रशासन र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : ११ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित