३ असार २०८३, बुधबार | June 17, 2026

आँखारोगीको खोजी गर्दै पौवादुङमा



भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी-१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

अध्यक्ष राईका अनुसार यही माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ । गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । “स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखारोगीको पहिचान र उपचार गर्न शिविर सञ्चालन गर्न लागेका हौँ । सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गर्नेछौँ”, अध्यक्ष राईले भने ।

यही माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ ।

शिविरमा निःशुल्क आँखा तथा चश्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ । मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीको नवदृष्टि आँखा अस्पताल तुम्लिङटारमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष राईले बताए ।

मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चश्मा उपलब्ध गराइने छ । गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : १९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ