१८ माघ २०८२, आइतबार | February 1, 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घट्दै २ हजार ६९४ दशमलव २० बिन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज कुल ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटकको कारोबारमार्फत खरिदबिक्री भएको छ । यसबाट कुल रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका समूहहरूमध्ये व्यापार समूह मात्रै शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूह शून्य दशमलव ४२ प्रतिशत, विकास बैंक शून्य दशमलव ७५ प्रतिशत, वित्त समूह शून्य दशमलव ४४ प्रतिशतले घटेका छन् ।

त्यस्तै होटल तथा पर्यटन समूह एक दशमलव ७५ प्रतिशत, जलविद्युत् समूह एक दशमलव ३६ प्रतिशत र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले ओरालो लागेको छ । जीवन बिमा समूह शून्य दशमलव ५२ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६ प्रतिशत, लघुवित्त शून्य दशमलव ५७ प्रतिशत, म्यूचुअल फण्ड शून्य दशमलव ५० प्रतिशत, निर्जीवन बिमा शून्य दशमलव ६३ प्रतिशत तथा अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ । यता कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर किनबेच भएको छ । कम्पनीको रु ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताको सावधानी, नाफा सुरक्षित गर्ने प्रवृत्ति र क्षेत्रगत दबाबका कारण बजारमा गिरावट देखिएको हो । आगामी दिनमा बजारको दिशा आर्थिक सूचक, नीति र लगानीकर्ताको मनोभावमा निर्भर रहने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ४७ बजे

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा