१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना



बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्था को रुपमा पहिचान बोकेको जिल्लाकै अग्रणी संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ ।

उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहेका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा।तोया नारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीन दिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म संचालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी २ वर्षमा गरिने योजनालाई संस्थागत गरेर आएको उनले बताए ।

कार्ययोजनाको जिम्मेवारी लिएका पूर्वसचिव डा. तोया नारायण ज्ञवालीले यसरी बनेको कार्ययोजनाकै आधारमा काम गर्नसके संघले निर्धारित समयमै आफ्नो लक्ष्य पूरा गर्ने बताए । लुम्बिनी प्रदेशको प्रमुख सचिव तथा संघीय सरकारको वाणिज्य मन्त्रालयको सचिव रहेका ज्ञवालीले रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी आफै पनि दीर्घकालीन योजना बनाएर अघि बढेर सफल भएकाले यो संस्थागत योजनालाई पनि कार्यान्वयनका लागि सहज हुने बताउँदै आफूले अपेक्षा गरेभन्दा धेरै सकृय सहभागिता भएकोमा खुसी व्यक्त गरे ।

ज्ञवालीले हरेक संघसंस्थामा बनाइने कार्ययोजनाले भविश्यलाई अहिलेबाट सोचेर योजनामा समेटिने, जिम्मेवारी बहन गरेर लक्ष्य प्राप्त गर्न महत्वपूर्ण हुने र कार्ययोजना बाटै हरेक संघ संस्थाले निश्चित उद्देश्यबाट काम पूरा गर्नसक्ने बताए । रुपन्देही जिल्ला उद्योग सँगै आर्थिक, पर्यटन, शैक्षिक र व्यापारिक पूर्वाधारमा आधारित जिल्ला भएकोले त्यसैमा आधारित रहेर कार्ययोजना बनाउनुपर्नेमा समेत वहाँले जोड दिए । ‘लामो समय संघ, प्रदेश र पालिकामा बसेर काम गर्दा समेत यस्तो क्रियाशिलता बाहिर नपाएको जनाउदै वहाँले रूपन्देहीको क्षमताको प्रशंसा गर्दै कार्यान्वयनमा जोड दिन विशेष आग्रह गरे ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रमको शुभारम्भमा पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक माधवप्रसाद पौडेल, सल्लाहकार ऋषि भण्डारीले संस्थागत सुशासन र पारदर्शीतासँगै लक्ष्य पूरा गर्नका लागि पनि कार्ययोजना महत्वपूर्ण रहने र संघसंस्थाको काम टीमवर्कमा हुने भएकाले सिंगो कार्यसमिति, सल्लाहकार र कर्मचारीलाई राखेर विज्ञहरुको सुझावका आधारमा बनाइने कार्ययोजना फलदायी हुने बताए । समापन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप सापकोटाले कार्ययोजनालाई नै आधार मानेर काम गर्नुपर्ने र यसमा संघले तत्काल गर्न सकिने विषय भएकाले यसको कार्यान्वयनमा सिंगो टीम लाग्नुपर्ने बताए ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले नयाँ नेतृत्व आएसँगै दुई वर्षे कार्ययोजना बनाएर त्यसैलाई आधार मानेर काम गर्नका लागि अग्रजहरुले बनाएका योजनाअनुसार कार्ययोजना बनाइएको बताए । कार्यक्रम संयोजक रहेका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले उत्पादनमूलक उद्योगीहरूको छाता संगठन र विभिन्न वस्तुगत समितिमा करिब २ हजार उद्योगीहरु आवद्व भएकाले पनि यहाँबाट बन्ने कार्ययोजना अन्य व्यवसायिक प्रतिष्ठानहरुलाई पनि सहज बन्ने बताउँदै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने जनाए ।

संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै यसैगरी कार्ययोजना बनाएर अघि बढ्ने र यसमा पहिलो वर्ष र दोस्रो वर्षमा पूरा गरिने सबै कार्यक्रम, योजना र बजेटका स्रोतहरुको समेत पूर्ण आधारहरुलाई समेटिने भएकाले कार्य सम्पादनमा सहज हुने जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ४१ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’